काठमाडौं– प्रतिपक्षी एमालेले आगामी १० वैशाखका लागि तय भएको उपनिर्वाचनमा तनहुँ र चितवनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो ।
बैठकले चितवन २ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए। आजको बैठकमा एमालेले बाराका लागि उम्मेदवार छनोट गरेको छैन।
पुख्र्यौली घर तनहुँको भानु नगरपालिका रहेका खनाल गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ६ बाट पराजित हुन्।
एमालेले खनाललाई दोस्रोपल्ट उम्मेदवार घोषणा गरेको हो। खनाल नेपाल प्रहरीका पूर्वआईजीपीसमेत हुन्। १० वैशाखमा चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदै छ।