सोमबार, वैशाख २२, २०८२

रामपुर कृषि क्याम्पसको स्ववियु चुनावप्रति कांग्रेस असन्तुष्ट

नेपाली कांग्रेसले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको सवतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको आरोप लगाएको छ।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको सवतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको आरोप लगाएको छ।

क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनसँग समन्वय नगरी कुनै एक विद्यार्थी संगठनलाई फाइदा हुने गरी मतदानको सूचना निकालेर चुनाव गराएको कांग्रेसको दाबी छ।

रामपुरमा शुक्रबार मतदान भएको थियो। उक्त निर्वाचनमा क्याम्पस प्रशासनको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिएको कांग्रेसको आरोप छ।

चुनावमा भएको धाधँलीको विरोध गर्दा प्रहरी लगाएर स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादव घाइते भएको भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। उक्त घटनाको छानबिन गरी निर्वाचन रद्द गर्नुका साथै घाइतेको उपचार प्रबन्ध मिलाउन कांग्रेसले माग गरेको छ।

प्रकाशित: Apr 01, 2023| 11:48 शनिबार, चैत १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...