सोमबार, वैशाख २२, २०८२

उपनिर्वाचनका लागि रास्वपाले टुंग्यायो उम्मेदवार

रास्वपाबाट चितवन-२ मा रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेल उम्मेदवार तय भएका हुन्।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं- आगामी वैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार टुंगो लगाएको छ। तीन क्षेत्रमा हुन लागेको निर्वाचनका लागि रास्वपाले सर्वसम्मत रुपमा उम्मेदवार  टुंग्याएको हो।

रास्वपाबाट चितवन-२ मा रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेल उम्मेदवार तय भएका हुन्। रवि गत मंसिरमा भएको निर्वाचनमा सोही क्षेत्रबाट भारी मतान्तरका साथ विजयी भएका थिए। नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन गर्नुपरेको हो।

तनहुँ-१ बाट उम्मेदवार बनेका वाग्ले हिजोमात्रै नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका हुन्। उनले गत मंसिरको निर्वाचनमा टिकटका लागि पहल गरे पनि पाएका थिएनन्। तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सो क्षेत्र खाली भएको हो।

बारा-२ का उम्मेदवार खरेल भने नेपाल सुशासन पार्टीका अध्यक्ष हुन्। उनी गत मंसिरको निर्वाचनका काठमाडौं-१ बाट उठेका थिए। निर्वाचनपछि उनको पार्टी रास्वपामा विलय हुने बताइएको छ। 

बारा-२ बाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन गर्नुपरेको हो।
 

Metro Mart
worldlink

प्रकाशित: Mar 31, 2023| 18:53 शुक्रबार, चैत १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...