काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। अब मन्त्रिपरिषद् १७ सदस्यीय बनेको बनेको छ। अझै ५ मन्त्रालय खाली छन्।
कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले आफैंसँग राखेका छन्।
मन्त्रिपरिषद्मा प्रधानमन्त्री दाहालपछिको दोस्रो वरीयतामा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का छन्। उनी नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन्।
नेकपा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतामा छन् भने चौथोमा नेकपा एसका बेदुराम भुसाल छन्। पाँचौं वरीयतामा जसपाका अशोक राई छन्।