सोमबार, वैशाख २२, २०८२

सरकारमा कांग्रेसबाट रिजाल र गुरुङको पहिलो इन्ट्री

कांग्रेस विभाजित हुँदा देउवाको प्रजातान्त्रिक कांग्रेस केन्द्रीय सदस्य भएका रिजाल गत निर्वाचनमा पर्सा ४ बाट निर्वाचित हुन् भने गुरुङ २०४८ मा नेविसंघको जिल्ला सचिव हुँदै २०६७ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा कांग्रेसबाट ४ जना मन्त्रीले सपथ लिएका छन्। शुक्रबार पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट ४ जना मन्त्री सरकारमा सहभागी भएका हुन्।

यीमध्ये उपप्रधान तथा रक्षामन्त्री भएका उपसभापति खड्का र अर्थमन्त्री डा.प्रकाशशरण महतले यसअघि विभिन्न मन्त्रालयको जिम्मा सम्हालिसकेका छन्।

तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका रमेश रिजाल र सहरी विकासमन्त्री बनेकी सीता गुरुङ पहिलोपल्ट मन्त्री बनेका हुन्। गुरुङसँग यसअघि राज्यमन्त्री सम्हालेको अनुभव छ। सत्ता गठबन्धनको भागबण्डा अनुसार कांग्रेसले ८ मन्त्रालय पाए पनि आज जनाले मात्र सपथ लिएका छन्। 

रमेश रिजाल

मन्त्री रिजाल २०१३ मा पर्साको जगनाथपुर गाउँपालिकामा जन्मिएका हुन्। रिजालका बुबा मेघराज उपाध्यायले राणा शासनविरुद्धको आन्दोलनमा सहभागिता जनाएका थिए। रिजालले विरासतमै राजनीति पाएका हुन्। २०२७ मा नेपाल विद्यार्थी संघ गठन हुँदा रिजालले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रतिनिधित्व गरेका थिए।

Metro Mart
worldlink

नेविसंघ जिल्ला उपसभापति, २०३४ देखि २०४८ सम्म कांग्रेसको जिल्ला सचिव भएका उनी २०५२ मा पार्टीको जिल्ला सभापति भएका थिए।

कांग्रेस विभाजित हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य भए। पार्टी एकीकरण भएदेखि कांग्रेसको १२औं, १३औं र १४औं महाधिवेशनबाट रिजाल केन्द्रीय सदस्य निर्वाचित हुँदै आएका छन्। उनी २०४८ र २०५२ को निर्वाचनमा विजयी भएका थिए भने ०५६ को निर्वाचनमा भने पराजित भए।

२०६४ मा पुनः विजयी भएका उनी त्यसपछि २०७० र २०७४ को निर्वाचनमा पराजित भएका थिए। ४ मंसिरको आमनिर्वाचनमा उनी पर्सा ४ बाट निर्वाचित हुन्। विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा रिजाल ३ वर्ष जेल बसेका छन्।

सीता गुरुङ

पहिलोपल्ट मन्त्री बनेकी सहरी विकासमन्त्री गुरुङ २०३४ मा तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा जन्मिएकी हुन्। गाउँमा सामान्य परिवारमा जन्मिएकी गुरुङ विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय भइन्।

उनी २०४८ मा नेविसंघको जिल्ला सचिव थिइन् भने २०५४ मा तरुण दलको जिल्ला कोषाध्यक्ष बनिन्। २०५७ मा नेपाल महिला संघको जिल्ला सभापति बनेकी गुरुङ २०५८ मा केन्द्रीय सदस्य भइन्।

उनले २०६० मा नेपाल महिला संघको केन्द्रीय सचिव भएर काम गरिन्। २०६२ मा कांग्रेस महाधिवेशन प्रतिनिधि बनेकी गुरुङ २०६७ को महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइन्। गुरुङ हाल कांग्रेस केन्द्रीय सदस्यको रुपमा निर्वाचित प्रतिनिधि हुन्।

सभापति शेरबहादुर देउवा निकट गुरुङले यसबीचमा पार्टीको आदिवासी जनजाति विभागको प्रमुख भएरसमेत काम गरिसकेकी छन्। राजनीतिशास्त्रमा स्नातकोत्तर गुरुङ २०६४ र २०७० मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य थिइन्। उनी पहिलो संविधानसभामा हुँदा राज्यको शासकीय स्वरुप निर्धारण समिति सदस्य, अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको सदस्य भएर काम गरिन्।

उनले दोस्रो संविधानसभामा हुँदा संविधान मस्यौदा समितिको सदस्य र राज्य व्यवस्था समितिको सदस्य भएर काम गरिन्। गुरुङ २०७४ मा देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भएकी थिइन्।

प्रकाशित: Mar 31, 2023| 16:46 शुक्रबार, चैत १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...