सोमबार, वैशाख २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौं : नेता पाण्डे

प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौं : नेता पाण्डे

 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

ढोरपाटन- नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको नेतृत्व कांग्रेसले गरे जनताले महसुस हुने गरी विकासका काम गर्ने बताएका छन्। नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको विपी स्मृति भवन शिलान्यास कार्यक्रममा नेता पाण्डेले सरकारप्रति जनअपेक्षा बढेको बताए।

उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए। अब छिट्टै केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गरेर चुनाव लडेका पार्टीहरूको सरकार आउने भन्दै गण्डकीमा कांग्रेसले नेतृत्व लिने उनको दावी थियो। 

नेता पाण्डेले भने, 'चुनावपछि गठबन्धनमा विभिन्न समस्या आए तर दुई महिना नबित्दै पुनः हामी सबै एक ठाउँमा उभिएका छौँ, सँगै चुनाव लड्यौँ, जनताका माग र समस्या समाधान गर्ने बाचा गर्‍यौँ, अब जनताका माग पूरा गर्न हामीहरू लाग्छौँ।'

उनले पार्टी सङ्गठन बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिए। समय–समयमा जनतामाझ पुग्ने र उनीहरूको सुख, दुःख र समस्या बुझ्न नेता कार्यकर्तालाई उनले आग्रह गरे।

प्रकाशित: Mar 30, 2023| 20:42 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...