काठमाडौं- मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तारुढ दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
बैठकमा मन्त्रालयको भागवण्डा टुङ्गो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता छ।