काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ।
न्याय परिषद्को परामर्शमा आयोगले आज मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो। चैत चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन्।
यस्तै बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन्। मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछन्।
उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारी मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ। अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयबाट सञ्चालन हुनेछन्।