सोमबार, वैशाख २२, २०८२

गठबन्धनमा कसलाई कुन मन्त्रालय ?

आजै मन्त्रिपरिषद् विस्तार गर्ने र नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी प्रधानमन्त्री प्रचण्डको छ।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- सत्ता गठनबन्धनमा आबद्ध दलहरुले मन्त्रालयको भागबन्डा टुंगो लगाएका छन्। हिजो बिहीबार मन्त्रालयको संख्या टुंगो लगाएका दलहरुले आज कसले कुन मन्त्रालय लिने भन्ने टुंगो लगाएका हुन्। 

नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएका छन्। बाँकी दलले १-१ मन्त्रालय पाउनेछन्। 

गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउनेछ।

नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ। नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएका छन्।

आजै मन्त्रिपरिषद् विस्तार गर्ने र नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी प्रधानमन्त्री प्रचण्डको छ।

Metro Mart
worldlink

प्रकाशित: Mar 30, 2023| 15:34 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...