सोमबार, वैशाख २२, २०८२

बारा-२ मा उपेन्द्रसँग भिड्ने भए राजेन्द्र

आगामी १० वैशाखको उपनिर्वाचनमा बारा २ बाट दस दलीय सत्ता गठबन्धनमै आबद्ध जसपा, लोसपा र जनमत पार्टीका उम्मेदवार चुनावी मैदानमा उत्रिने निश्चित।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं- तराई मधेस केन्द्रित सत्तारुढ जनता समाजवादी पार्टी,  लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले आगामी १० वैशाखको उपनिर्वाचनमा एउटै गठबन्धनमा समेटिए पनि छुट्टाछुट्टै उम्मेदवारी दिने निश्चित भएको छ। जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त उक्त स्थानमा सत्तारुढ तीन दलबाटै उम्मेदवार उठाइन लागेको हो।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ बाट उम्मेदवारी दिने भएका छन्। सोही क्षेत्रबाट अध्यक्ष उपेन्द्र यादवलाई जसपा जिल्ला कार्यसमितिले आजै मात्र उम्मेदवारको सिफारिस अनुमोदन गरेको पठाएको छ।

बुधबार मात्रै नेता शिवचन्द्रप्रसाद कुशवाहले नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेलगत्तै अध्यक्ष सीके राउतले उनलाई बारा २ को उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरिसकेका छन्।

कुशवाहले पनि बारा २ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्रसँग प्रतिस्पर्धा गर्नेछन्। यो क्षेत्रमा सत्तारुढ तीन पार्टीका उम्मेदवारबीच रोचक भिडन्त हुने निश्चित छ। राउतले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिइने र उपेन्द्रलाई हराइछाड्ने कसम खाएका छन्।

राउतले कुशवाहलाई उपनिर्वाचनमा उपेन्द्रसँग मैदानमा उतार्ने सम्भावना झनै बलियो देखिएको छ। ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा कुशवाह बारा २ मा माओवादी केन्द्रका उम्मेदवार थिए। तर तत्कालीन जसपा उम्मेदवार रामसहाय यादवसँग ३५४ मतान्तरले पराजित भएका थिए। बारा २ बाट निर्वाचित यादव उपराष्ट्रपति बनेपछि आगामी १० वैशाखमा उक्त क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो।

Metro Mart
worldlink
आगामी १० वैशाखको उपनिर्वाचनमा बारा २ बाट दस दलीय सत्ता गठबन्धनमै आबद्ध जसपा, लोसपा र जनमत पार्टीका उम्मेदवार चुनावी मैदानमा उत्रिने निश्चित।

उपेन्द्रले बारा २ बाट उपचुनावमा उम्मेदवारी दिए उनलाई हराइछाड्ने दाबी कुशवाहले गरेका छन्। हुन त बारा २ मा सत्ता गठबन्धनका दुई ठूला दल कांग्रेस, नेकपा माओवादीले जसपा अध्यक्ष उपेन्द्रलाई सघाउने वचन दिएका छन्।

कुनै बेला जसपामै रहेका नेता राजेन्द्रले उपेन्द्रलाई कुनै पनि हालतमा निर्वाचनमा विजयी हुन नदिइने मनस्थिति बनाएका छन्। राजेन्द्रले अध्यक्ष महन्थ ठाकुरसँग आगामी उपनिर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्रसँग सहयोगका लागि पहल गरिदिन आग्रह गरेको बताइएको छ। अध्यक्ष महन्थले एक–दुई दिनमै कांग्रेस सभापतिसहितका नेता र प्रधानमन्त्री पुष्पकमल दाहालसँग महतोलाई साझा उम्मेदवार घोषणा गरेर उपनिर्वाचनमा सहयोग गर्न आग्रह गर्ने वचन दिएका छन्।

महतो पार्टी तथा नेता कार्यकतासँग छलफल गरेर उम्मेदवारी दिने मनस्थितिमा पुगेको नेता महतो बताउँछन्। नेता कार्यकर्ताकै दबाबका कारण बारा २ मा उम्मेदवार बन्न तयारी थालिसकेको उनको भनाइ छ। महतो ४ मंसिरको प्रतिनिधिसभा निर्वाचननमा सर्लाही २ बाट पराजित भएका थिए। महतोलाई माओवादीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेपाल समाजवादी पार्टी अध्यक्ष महिन्द्रराय यादवले पराजित गरेका थिए।

नेता महतोले भने, ‘बारा २ मा उपेन्द्र यादवलाई हराउन अरूहरूले सक्दैनन्। तपाईं उम्मेदवार बनेर उपेन्द्रसँग प्रतिस्पर्धामा उत्रिनुपर्यो भन्ने नेता, कार्यकताको दबाब र शुभेच्छा दुवै छ। हालसम्म उम्मेदवारी दिने टुंगो नलागिसके पनि मनस्थिति बनाएको छु।’

बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायत मुख्य एजेन्डा वरपर रहेर छलफल भइरहेको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए। बैठकमा पार्टीको संगठन विस्तारबारे देशैभरको परिस्थिति बुझेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्ने उनको भनाइ छ। लोसपाले पहिलो पटक केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको हो। लोसपामा हाल २८ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य छन्।
 

प्रकाशित: Mar 30, 2023| 13:41 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...