नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको हो।
देउवाले पार्टीमा सल्ला गरेर आजै प्रधानमन्त्री प्रचण्डलाई नाम बुझाउने छन्। प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
नेकपा एस र लोसपाले भने मन्त्रीको टुंगो लगाइसकेका छन्।