काठमाडौं– राजनीतिक जुवा खेल्न गरिने चीज होइन भन्ने उखान चरितार्थ गर्दै कांग्रेस, तमलोपा, जसपा हुँदै लोकतान्त्रिक समाजवादी पार्टीमा क्रियाशील शरतसिंह भण्डारीले १६औं पटक मन्त्री हुने अवसर पाउने निश्चित भएको छ।
सत्ता साझेदार दलहरुबीच भएको सहमतिअनुसार मन्त्रालय भागबन्डामा लोसपालाई परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हाँक्न भण्डारीलाई मन्त्री बनाइने भएको हो।
लोसपाबाट भण्डारी मन्त्री बन्ने चर्चा यसअघि भए पनि मन्त्रालयको टुंगो लागेको थिएन। बिहीबार बसेको पार्टी बैठकले भण्डारीलाई मन्त्री बनाउन सिफारिस गर्ने निर्णय गरेको हो।
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भण्डारी महोत्तरी २ बाट निर्वाचित भएका थिए। भण्डारीले पञ्चायतदेखि गणतन्त्रसम्म गरेर १६औं पटक मन्त्री बन्ने रेकर्ड कायम गर्नेछन्।