सोमबार, वैशाख २२, २०८२

तनहुँ १ र चितवन २ मा तोकिए कांग्रेस उम्मेदवार

कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं– कांग्रेसले १० वैशाखमा तोकिएको उपनिर्वाचनका लागि उम्मेदवारी टुंग्याएको छ। बिहीबार कांग्रेस मुख्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकमा बारा २ का विषयमा छलफल नभएको कांग्रेस नेता एनपी साउदले बताए। बारा २ मा सत्ता गठबन्धनले उपेन्द्र यादवलाई जसपाबाट साझा उम्मेदवार बनाउने बताइएको छ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। 

रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो। त्यसका लागि २० चैतमा मनोनयन दर्ता गरिँदै छ।

प्रकाशित: Mar 30, 2023| 11:47 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...