सोमबार, वैशाख २२, २०८२

सानेपामा कांग्रेस बैठक, सरकारमा पठाइने मन्त्रीको नाम टुंग्याउने

११ बजेदेखि बसिरहेको बैठकमा सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे नेताहरुबीच छलफल भइरहेको हो।
 |  बिहीबार, चैत १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १६, २०७९

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सत्तारुढ हुँदै गरेको कांग्रेसले सानेपा मुख्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट मन्त्रीको नाम टुंग्याउनबारे छलफल गरिरहेको छ। बैठकमा सरकारमा पठाइने मन्त्रीका नाम र आगामी उपचुनावबारे छलफल भइरहेको हो।

सरकारमा जाने मन्त्री र १० वैशाखमा हुने उपनिर्वाचनको उम्मेदवार चयनका लागि बैठकले समझदारी गर्ने बताइएको छ।
सत्ता गठबन्धनबीच भागबन्डामा सहमति भए पनि कुन मन्त्रालय कसलाई दिने भन्नेमा अझै अन्योल छ। यद्यपि कांग्रेसका लागि आठ मन्त्रालय पक्कापक्की भएको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुँदै छ। कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्नेछन्।

गठबन्धन दलहरुबीच सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलो भइरहेको छ। गठबन्धनमा रहेको रास्वपा अझै सहमतिमा आइसकेको छैन।

११ बजेदेखि बसिरहेको बैठकमा सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे नेताहरुबीच छलफल भइरहेको छ।

Metro Mart
worldlink

तनहुँ १, चितवन २ र बारा २ मा १० वैशाखमा हुने उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारी दर्ता कार्यतालिका छ।कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै गत ६ चैतमा विश्वासको मत दिएको थियो।

प्रकाशित: Mar 30, 2023| 11:34 बिहीबार, चैत १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...