काठमाडौं- जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले आज बारा २ का लागि उम्मेदवारमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गर्ने भएको छ।
हिजो बारा २ को जसपा क्षेत्रीय भेलाले जिल्ला समितिलाई पठाएकोमा जिल्ला समितिले पनि हिजै प्रदेश समितिलाई समितिलाई पठाइसकेको छ। आज त्यसमा छलफलका लागि मधेस प्रदेश समितिको बैठक बस्दैछ।
बैठकले बारा २ को उपनिर्वाचनका लागि उम्मेदवारमा उपेन्द्र यादवको नाम सिफारिस गर्ने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
बारा २ बाट प्रतिनिधि सभा सदस्यमा जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो।