काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक छाडेर चितवन प्रस्थान गरेका छन्।
मन्त्रालय भागबण्डाका लागि आज बिहान आह्वान भएको बैठक बालुवाटारमा जारी छ।
चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान भएका हन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू अहिले पनि बालुवाटारमा नै छन्।