काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र आर्थिक सल्लाहकार नियुक्त गरेका छन्। पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपालर कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका हुन्।
अर्थ सल्लाहकारमा विज्ञका रुपमा नियुक्त भएका नेपाल नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर हुन्। यसैगरी कुँवर गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख हुन्। उनी पूर्वप्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा महान्यायाधिवक्ता थिए।