मंगलबार, वैशाख २३, २०८२

टुंगियो मन्त्रालय भागबण्डा, नयाँ मन्त्रीको शपथ बिहीबार

सबै दलबाट नाम आए भोलि नै मन्त्री नियुक्त गरेर शपथ खुवाउने तयारी प्रधानमन्त्रीको छ। 
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- सत्तारूढ गठबन्धनले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो।

सरकार विस्तारमा सहमति जुटाउन आज दोस्रोपटक गठबन्धनको बैठक बसेको हो। नेपाली कांग्रेसले आठ, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच, जसपा र एकीकृत समाजवादीले दुई/दुई मन्त्रालय पाउने सहमति जुटेको छ। नेकपा एसले त सरकारमा पठाउने नेता पनि तय गरिसकेको छ। सो पार्टीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन्। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल समाजवादी पार्टी (नेसपा), नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीले एक/एक मन्त्रालय पाउने छन्। जनमत पार्टीलाई पनि एउटा मन्त्रालय दिने सहमति भएको छ। कुन दलले कुन मन्त्रालय पाउने भन्नेचाहिँ तय भएको छैन। पार्टीहरुले आन्तरिक बैठक बसेर मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई दिनेछन्। 

नेपाली कांग्रेसले मन्त्री छान्नका लागि भोलि बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मन्त्री छान्न कांग्रेसलाई बढी सकस भइरहेको छ। 

सबै दलबाट नाम आए भोलि नै मन्त्री नियुक्त गरेर शपथ खुवाउने तयारी प्रधानमन्त्रीको छ। 

Metro Mart
worldlink

प्रधानमन्त्री दाहालले गत चैत ६ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएका थिए। नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले १६ मन्त्रालयको जिम्मेवारी लिँदै आएका छन्।

प्रकाशित: Mar 29, 2023| 19:02 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...