काठमाडौं- नेकपा एकीकृत समाजवादी त्यागेका दुई जना केन्द्रीय नेताले दिएको राजीनामा स्वीकृत भएको छ।
आज बसेको पार्टी बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकले मिटरब्याज पीडितले गरेको आन्दोलनको समर्थन गर्दै उनीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह पनि गरेको छ।