मंगलबार, वैशाख २३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मेयर बालेनलाई सरकार अस्थिर भएको चिन्ता, प्रचण्डले भने- यो सरकार पाँच वर्ष टिक्छ

मेयर बालेनलाई सरकार अस्थिर भएको चिन्ता, प्रचण्डले भने- यो सरकार पाँच वर्ष टिक्छ

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन्। बुधबार न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार पूरै अवधि टिक्ने बताएका हुन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठ्यारो भएको बताएपछि प्रधानमन्त्रीले यस्तो भनेका हुन्। शाहले सरकार कम्तीमा केही समय टिकिदिए काम गर्न सजिलो हने बताएका थिए। कार्यक्रममा प्रचण्डले त्यसको जवाफ दिँदै  यो सरकार पाँच वर्षसम्म जाने दाबी गरे।

उनले भने, 'मलाई विश्वास छ कि यो सरकार पाँच वर्षसम्म जान्छ। परिवर्तनलाई संस्थागत गर्नु अहिलेको मुख्य दायित्व हो।’ जनयुद्धको जग र ऐतिहासिक जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बनेको नयाँ संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको उनको भनाइ छ।

प्रचण्डले भने,‘स्थानीय तहहरूले संविधान, संघीय कानुनहरू र प्रदेश कानुनहरूसँग नबाझिने हदसम्म कानुन निर्माणको अधिकारसमेत राख्छन् । यो व्यवस्था विगतका परम्परा र अनुभवभन्दा पृथक मात्र छैन, विश्वका लागिसमेत प्रेरणादायी छ।’
प्रधानमन्त्रीभन्दा अगाडि बोलेका मेयर शाहले सरकारको निश्चितता र स्थिरताबारे आफूलाई शंका रहेको बताएका थिए।

प्रकाशित: Mar 29, 2023| 13:41 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...