मंगलबार, वैशाख १६, २०८२

क्यानद्वारा एसिसी प्रिमियर कप खेल्ने प्रारम्भिक टोली घोषणा 

एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने प्रतियोगिताका लागि क्यानले २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालका तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ।

बुधबार एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने प्रतियोगिताका लागि क्यानले २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।

प्रतियोगिता आगामी ५ देखि १८ वैशाखसम्म सञ्चालन हुनेछ। छनोट हुने प्रारम्भिक नेपाली टोलीको सदस्यमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दीप जोरा छन्।

त्यसैगरी सोमपाल कामी, किशोर महतो, कुशल मल्ल, श्याम ढकाल, कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलसन झा, सूर्य तामाङ, करण केसी र देव खनाल रहेका छन्। प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। 

प्रतियोगितामा विभिन्न १० राष्ट्रले  सहभागिता जनाएकामा ती राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक नेपालसहित साउदी, मलेसिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा कुवेत, बहराइन, सिंगापुर, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्।

Metro Mart
worldlink

प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ। त्यसैगरी शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ। नेपालले आगामी ५ वैशाखमा मलेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।

प्रकाशित: Mar 29, 2023| 12:39 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।