मंगलबार, वैशाख २३, २०८२

भागबन्डा र साझा कार्यक्रमबारे छलफल गर्न गठबन्धन बैठक बस्दै

मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।
 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठक बस्ने तय भएको छ।

मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।

मंगलबार साँझ पनि बालुवाटारमा गठबन्धन बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश गरेका थिए।

मन्त्रालय भागबन्डाबारे पनि सहमतिमा पुग्न दलहरुले छलफल गर्न लागेका हुन्। कसले कति मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भएको छ। 

नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका छन्। यो प्रस्तावमा दलहरूले आ-आफ्नो दाबी राखेका थिए। यसबारे आज थप छलफल गरी सहमतिमा पुग्ने तयारी छ।

Metro Mart
worldlink

प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन्।

प्रकाशित: Mar 29, 2023| 07:58 बुधबार, चैत १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...