बिहीबार, वैशाख २५, २०८२

प्रधानन्यायाधीशलाई मर्यादाक्रममा तल राखिनु गलत: कोइराला

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले राष्ट्रिय मर्यादाक्रममा प्रधानन्यायाधीशलाई प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षभन्दा तल राखिनु संविधानविपरीत भएको बताएका छन्।

नेता कोइरालाले राष्ट्रियसभामा पेस गरिएको राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयकमा भएको उक्त व्यवस्था संविधानविपरीत भएको बताएका हुन्। 

'मर्यादाक्रममा प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्षभन्दा तल राखेर  प्रस्ताव गरिएको विधेयक संविधानविपरीत छ। संविधानको धारा २८४ ले प्रधानन्यायधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथि मर्यादाक्रममा राखेको छ। अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधानन्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ,' उनले सामाजिक सञ्जालमा भनेका छन्। 

नेता कोइरालाले संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समितिअन्तर्गत राख्ने प्रस्ताव गरेको पनि स्मरण गरेका छन्। 'संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समितिअन्तर्गत राख्ने प्रस्ताव राखेको थियो। तर, नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरुप भयो।'

प्रकाशित: Mar 28, 2023| 16:59 मंगलबार, चैत १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...