बिहीबार, वैशाख २५, २०८२

एमाले पेलाइमा थकित भए भीम रावल

एमालेभित्र विधि र पद्धतिको कुरा उठाउँदा थिचोमिचो र घचेटाइमा पार्ने क्रम नरोकिएपछि नेता रावलले सुनाए नयाँ विकल्पको बाटो।
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं– नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले र घचेटिन थालेको दाबी गरेका छन्। यस्तै रबैया रहिरहे आफू एमालेमा बस्न नसक्ने अवस्था आउने उनले बताए।

मंगलबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले एमालेमा रहन अन्तिम बिन्दुसम्म प्रयास गर्ने र सीमा नाघेपछि अर्को नयाँ विकल्प सोच्ने बताएका हुन्। 

उनले भने, ‘म अहिलेसम्म एमाले सदस्य हुँ। एमाले सदस्य बनेर राष्ट्रियताको कुरा उठाउने, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर थप घचेट्न थालिए पार्टीभित्रका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु– यस्तै थिचोमिचो र घचेट्याइ सहूँ कि नयाँ पाइला चालूँ। त्यसपछि विकल्प रोज्न सक्छु।’

एमाले मिसन ग्रासरुट अभियानका क्रममा  अछाम पुगेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार भीम रावलले नेकपा एसका विभिन्न नेतालाई भेटिरहेको र पार्टीमा असहयोग गरेको भनेर लगाएको आरोपलाई रावलले वाहियात भने। उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी आफूलाई नदिइएको रावलले दाबी गरे।

पौडेल सहभागी कार्यक्रममा एमालेका एक नेताले रावलले नेकपा एस र माओवादी केन्द्रका विभिन्न नेतासँग भेटेर गुटबन्दी गरेको आरोप लगाएका थिए। कार्यक्रममै रावल समर्थकले त्यसको प्रतिवाद गर्दै नाराबाजी गरेका थिए।

Metro Mart
worldlink

रावलले अध्यक्ष केपी ओलीले प्रचण्ड र माधव नेपाललाई भेट्न हुने तर आफूले भेट्दा पार्टी हितविपरीत कसरी हुन्छ भनेर प्रश्नसमेत गरे।

प्रकाशित: Mar 28, 2023| 12:14 मंगलबार, चैत १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...