काठमाडौं- कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। मंगलबार बिहान बस्ने भनिएको बैठक बिहीबारसम्मका लागि सरेको हो।
सरकारमा जाने मन्त्रीहरूको नाम तय गर्न कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको थियो। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक अब बिहीबार बिहान ११:०० बजे बस्ने भएको छ।
केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।