सोमबार, वैशाख २९, २०८२

संस्कृतिमन्त्री किरातीको भोगाइ– जहाँ छोयो, त्यही फाटेको छ देश

१० वर्षसम्म सांसद भएर बुझेको राजनीति मन्त्री भएपछि सोचेभन्दा फरक भएको मन्त्री किरातीको तर्क।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश जहाँ छोयो, त्यहीँ नै फाटेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ६२औं रंगमञ्च दिवस अवसरमा आयोजित कार्यक्रममा मन्त्री किरातीले देश सोचेभन्दा फरक रहेको अनुभव सुनाएका हुन्।

१० वर्ष सांसद भइसक्दा पनि देशबारे सबै कुरा बुझेजस्तो अनुभव भए पनि मन्त्री भएर काम गर्दा सोचेभन्दा धेरै फरक पाएको उनको भनाइ छ।

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ। बनाउन सजिलो छैन। १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखें, जे देख्दै छु, देश अर्कै रहेछ। म बस्ने कुर्सी आगोको हो। हामी फेल भए व्यवस्था पनि फेल हुन सक्छ,’ मन्त्री किरातीले भने।

प्रकाशित: Mar 27, 2023| 16:25 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...