काठमाडौं– सत्तारुढ गठबन्धनले सभामुखको अधिकारमा अंकुश लगाउने प्रयास गरिरहेको आलोचना भइरहेका बेला प्रतिनिधिसभाको काम–कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयबारे विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने, संघीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुन संशोधनलगायत विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।