मंगलबार, वैशाख १६, २०८२

लुका सकर विराट गोल्डकपको सेमिफाइनलमा

प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ।
 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

विराट गोल्डकप फुटबलमा लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। विराटनगरको शहीद रंगशालामा आज भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो।

त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथबाट निकाल्दा संकटामाथि लुका सकरले ८–७ गोल अन्तरको जित दर्ता गर्न सफल भयो। पहिलो पटक नेपाल खेल्न आएको केरलाको लुकाले अब सेमिफाइनलमा गत संस्करणको उपाधि विजेता एपीएफसँग खेल्ने छ।

आजको खेलमा संकटाका अनिस महर्जनको प्रहारलाई लुकाका गोलकिपर मोहम्मद सनफिरले विफल पारेका थिए। लुकाका गोलकिपर मोहम्मद सनफिर भएका छन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। .उनको प्रहार विफल भएसपछि लुकाका खेलाडीहरु मैदानमा सेलिब्रेसन गर्न पुगेका थिए।

निर्धारित समयमा दुवै टिमले पाएका मौकाहरु सदूपयोग गर्न नसक्दा निर्धारितसमय गोलरहित बराबरीमा पुगेको थियो। प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ। यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ।

प्रकाशित: Mar 27, 2023| 10:05 सोमबार, चैत १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।