सोमबार, वैशाख २९, २०८२

उपनिर्वाचन लड्न २६ दल तयार

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- आगामी बैशाख ३० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ दल दर्ता भएका छन्।

केही दिनअघि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो। उप निर्वाचनका लागि २६ वटा दल दर्ता भएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए। तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुँदै छ।

चितवन २ मा राष्ट्रिय सभाका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता प्रकरणमा दोषी पाइएपछि उनको सांसद पद खारेज भएको थियो। उक्त निर्वाचन क्षेत्रमा फेरि लामिछानेले नै उम्मेदवारी दिने तयारी गरेका छन्।

यस्तै तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको छ। यता बारा २ बाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै त्यहाँ पनि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: Mar 26, 2023| 17:46 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...