सोमबार, वैशाख २९, २०८२

अरु सबै एकातिर, एमाले अर्कोतिर भएपनि आगामी चुनावमा बहुमत आउँछ: ओली

आइतबार एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध अहिले चारैतिरबाट घेराबन्दी भएको बताएका छन्। एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले सबैले घेराबन्दी गरेको तर्क उनले गरे।

आइतबार एमाले अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘हामीविरुद्ध घेराबन्दी छ। एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो, त्यो बेला राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्। अब अरु एकातिर एमाले अर्कोतिर भए पनि आउँदो चुनावमा बहुमत सांसद जित्नुपर्छ। सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ।’

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्न सक्ने भन्दै उनले त्यसतर्फ सचेत रहन कार्यकर्तालाई निर्देशन दिए। ओलीले भने, ‘अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ। एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ। त्यो अरुमा छैन।’

अब हुने संसदीय चुनावमा एमालेले बहुमत ल्याएर एकल सरकार बनाउने उनको दाबी थियो। हाल जितेका ठाउँलाई सुरक्षित राख्दै हारेका ठाउँमा जित्नेगरी संगठन बनाउन उनले कार्यकर्तालाई निर्देशन दिए।

Metro Mart
worldlink

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले भने, 'झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन।'
 

प्रकाशित: Mar 26, 2023| 17:45 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...