मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गौतमबुद्ध क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ : सांसद देवकोटा

गौतमबुद्ध क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ : सांसद देवकोटा

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्। आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिन सरकारसँग आग्रह गरेका हुन्।

उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैं वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गरे।

राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भए पनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताए।

विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कयौं सरकारी विद्यालयहरु ध्वस्त भएको उनको भनाइ छ। उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान बनाएको उनले बताए।

प्रकाशित: Mar 26, 2023| 17:16 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...