मंगलबार, वैशाख ३०, २०८२

शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उनले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते भएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

साथै उनले यस किसिमका दुखद् घट्नाको अन्त्य गर्न माग गर्दै शान्तिपूर्ण रुपमा जनताले अधिकार माग्नु नैसर्गिक अधिकार भएको बताउँदै यसमा हुने दमनलाई रोक्न आग्रह गरे। 

बैठकमा सांसद रामहरि खतिवडाले कुनै पनि दुर्घटनामा घाइते हुने यात्रुको उपचारमा अस्पतालले धरौटी माग्ने गरेको र विभिन्न कठिनाइ रहेको बताउँदै यसमा सहज व्यवस्थाका लागि सरकारसँग आग्रह गरे। 

साथै उनले आमजनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क तथा प्रभावकारी सेवा प्रदान आवश्यक प्रबन्ध गर्नसमेत माग गरे। सांसद अरुणकुमार चौधरीले सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको कर्णाली चिसापानी पुल उचित मर्मतको अभावमा नटबोल्ट खिइएर झरेको अवस्थामा रहेकाले दुर्घटना हुनसक्नेतर्फ सचेत गराउँदै तत्काल उचित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकारसँग माग गरे।

Metro Mart
worldlink

सांसद प्रभु साहले राजस्व छल्ने नाममा आतङ्क मच्चिएको र राजस्व छलिका मुद्दामा पक्राउ गर्नेलाई प्रदान गरिने ४५ प्रतिशत कमिसनको व्यवस्थाको दुरुपयोग भएको बताउँदै यसलाई नियन्त्रण गर्न माग गरेका छन्।
 

प्रकाशित: Mar 26, 2023| 14:26 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...