काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पछिल्लो समय एमाले सरकारबाट बाहिरिएपछि निर्माण भएको गठबन्धन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशी शक्तिका उपज भएको बताएका छन्।
उपाध्यक्ष पौडेलले आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देशभित्रका दस दलीय गठबन्धनमा आबद्ध दल मात्रै नभई प्रचण्डको सरकारसमेत विदेशी हस्तक्षेपबाट गठन भएको दाबी हुन्।
सुरुमा प्रधानमन्त्री प्रचण्डले एमालेसहितको गठबन्धनमा पद हत्याएर पछि धोका दिएको आरोप उनले लगाए। उनले भने, मुलुकलाई स्थायित्व बनाएर जानुपर्छ भन्ने विषयमा सरकार बनाएका थियौं। प्रचण्ड हामीलाई धोका दिएर फर्किनुभयो।’
प्रधानमन्त्री प्रचण्डलाई सरकार विस्तार गर्न सकस पर्नुको कारण जनताप्रति उत्तरदायी नहुुनुको परिणाम भएको उनको जिकिर छ। पौडेल एमालेको मिसन ग्रासरुट अभियानका क्रममा सुदूरपश्चिमका डोटी, अछाम जाने तालिका छ।