मकवानपुर- नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएपछि एमालेले सरकारबाट बिदा लिने निर्णय गरेको हो। बागमतीमा नेकपा एमालेको तर्फबाट थपलियासहित चारजना मन्त्री रहेका छन्।
सरकारबाट बिदा भएर जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए।
चारैजना मन्त्रीहरूले आज संसदमा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने भएका छन्।