मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • दिल्ली पुगेकी सञ्चारमन्त्रीले भनिन् - प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साता

दिल्ली पुगेकी सञ्चारमन्त्रीले भनिन् - प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साता

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाखमा हुने बताएकी छन्। वैशाख दोस्रो साताभित्रै प्रधानमन्त्रीको भारत भ्रमण हुने उनले बताइन्।

‘प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट सुरू हुन्छ, भ्रमण वैशाखमा हुन्छ भनेर मैले जानकारी दिइसकेको छु,’ नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रमपछि नेपाली दूतावासमा पत्रकारहरूसँग उनले भनिन्।

साथै उनले इन्टरनेसनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटनका क्रममा प्राविधिक विषयवस्तुमा छलफल भएको बताइन्। भारत सरकारसँग भएका छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाका पनि सहज हुने गरी सञ्चालनमा आउनुपर्ने बताएको उनले जानकारी दिइन्।

उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरूले सिमकार्ड निकाल्दा सहज वातावरण बनाइदिन पनि भारत सरकारसँग आग्रह गरेको बताइन्।

प्रकाशित: Mar 24, 2023| 09:02 शुक्रबार, चैत १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...