सोमबार, वैशाख १५, २०८२

गण्डकीमा मुख्यमन्त्रीलाई पाखा लगाउन सरकार छाड्दै माओवादी

नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई सत्ताच्चूत गर्नका लागि माओवादी सरकारबाट बाहिरिन लागेको हो।
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छाड्ने भएको छ। यसबारे निर्णय गर्न माओवादीले आज बिहान ११ बजे पार्टी संसदीय दलको बैठक डाकेको छ।

नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीलाई सत्ताच्चूत गर्नका लागि माओवादी सरकारबाट बाहिरिन लागेको हो। माओवादीको समर्थन गुमाएपछि अधिकारीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ र माओवादी-कांग्रेसको समर्थन नपाए उनले विश्वासको मत पाउने छैनन्।

त्यसपछि माओवादी र कांग्रेसले सरकार बनाउने छन्। कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो नेतृत्व गर्ने सहमति बनेको छ। तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन।
 
केन्द्रमा समीकरण बदलिएपछि गण्डकी प्रदेशमा पनि सरकार परिवर्तन हुन लागेको हो। माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री छन्।

यहाँ एमालेका उपसभामुखसहित २२, माओवादीका सभामुखसहित ८ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सां‌सद छन्। राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन्।

६० सदस्यीय प्रदेश सभामा कांग्रेस र माओवादी गठबन्धन गरेमा सरकार बन्न बहुमत पुग्छ।

Metro Mart
worldlink

प्रकाशित: Mar 24, 2023| 08:33 शुक्रबार, चैत १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्