मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • बागमती
  • बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने निश्चित

बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने निश्चित

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत माग्ने भएका छन्।

बुधबार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको थियो। आज बैठक अपराह्न १ बजे बस्नेछ। 

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि फेरि विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसभित्र विश्वासको मत दिने कि नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाएको बैठक स्थगित हुन पुगेको थियो। 

नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने देखिएको छ। 

प्रकाशित: Mar 24, 2023| 07:54 शुक्रबार, चैत १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्