बुधबार, जेठ १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक, सरकारका नीति तथा कार्यक्रमबारे बहस

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, सरकारका नीति तथा कार्यक्रमबारे बहस

चार दल सम्मिलित बालुवाटार बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारका न्यूनतम साझा नीति तथा कार्यक्रमबारे छलफल।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं– दसमध्ये चार दल सम्मिलित सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा सत्तारुढ प्रमुख चार दल कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरु सहभागी छन्।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारका न्यूनतम साझा नीति तथा कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ। बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादीका शक्तिबहादुर बस्नेत, नेकपा एसका उपाध्यक्ष प्रमेश हमाल र जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्। 

दस दलीय गठबन्धनका सहयात्रीबाट गरिएको मन्त्रालय मागदाबीबारे पनि बैठकमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

प्रकाशित: Mar 23, 2023| 15:45 बिहीबार, चैत ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...