बुधबार, जेठ १, २०८२

संवैधानिक आयोगहरूलाई जागिर खाने थलो नबनाउन आग्रह

राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्न सके मात्रै औचित्य पुष्टि हुने धारणा व्यक्त गरेका हुन्।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरु जागिर खाने थलोका रुपमा विकास गर्न नहुने बताएका छन्।

मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

संवैधानिक आयोगहरुलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरे मात्रै गठनको औचित्य पुष्टि हुने उनको भनाइ छ। अध्यक्ष तिमिल्सिनाले भने, ‘आयोगहरूलाई चाहिने न्यूनतम स्रोत–साधन उपलब्ध गराउन सरकारले कन्जुस्याइँ गर्नुहुँदैन। आयोगहरूले पनि दिइएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न सके मात्रै  त्यसको औचित्य ै पुष्टि हुने हो। आयोग जागिर खाने थलो हुनै सक्दैनन्।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हकाधिकारको संरक्षण र सम्वद्र्धन गर्न आयोग प्रतिबद्ध रहेको बताए। उनले मानव अधिकारको संरक्षणका लागि सबै संवैधानिक आयोगसँग मिलेर काम भइरहेको दाबी गरे।

प्रकाशित: Mar 21, 2023| 15:02 मंगलबार, चैत ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...