बिहीबार, जेठ २, २०८२

बारा र तनहुँमा १० वैशाखमै उपनिर्वाचन

तनहुँबाट निर्वाचित सांसद पौडेल राष्ट्रपति चुनिएपछि र बाराबाट निर्वाचित सांसद यादव उपराष्ट्रपति चुनिएपछि रिक्त रहेका स्थानमा उपनिर्वाचन गरिन लागेको हो।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं– राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि रिक्त दुई क्षेत्रको निर्वाचन आगामी १० वैशाखमा हुने निर्वाचन आयोगले जनाएको छ। सोमबार आयोगले बारा र तनहुँमा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय सार्वजनिक गरेको हो।

चितवन २ सहित बारा २ र तनहुँ १ मा १० वैशाखमा उपनिर्वाचन गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। उनले भने, ‘आज बसेको आयोग बैठकले चितवन २, बारा २ र तनहुँ १ मा १० वैशाखमै उपनिर्वाचन गर्ने निर्णय गरेको हो।’

गत ४ मंसिरको निर्वाचनमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

नागरिकता मुद्दामा लामिछानेको सांसद पद सर्वोच्चले बदर गरेपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो। तनहुँ १ बाट सांसद निर्वाचित पौडेल २५ फागुनमा राष्ट्रपति चुनिएका थिए बारा २ बाट निर्वाचित यादव ३ चैतमा उपराष्ट्रपति चुनिएपछि ती दुई स्थानमा उपनिर्वाचन गर्न लागिएको हो।

प्रकाशित: Mar 20, 2023| 16:53 सोमबार, चैत ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...