सोमबार, जेठ ६, २०८२

चितवन-२ का लागि कांग्रेसबाट ११ जना सिफारिस

गत मंसिर ४ गते भएको निर्वाचनमा विजयी भएका रवि लामिछानेको पद सर्वोच्च अदालतको आदेशबाट खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

आगामी वैशाख १० गते हुन लागेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ११ जना उम्मेदवार सिफारिस भएका छन्। प्रदेश र जिल्ला समितिले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो। 

सो क्षेत्रका लागि गत निर्वाचनमा पराजित उमेश श्रेष्ठसहित देवेन्द्र गुरुङ, जितनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपिन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको सिफारिस भएको बताइएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उम्मेदवारको नाम सिफारिस गर्न चैत १ गते जिल्लालाई पत्र पठाएको थियो। प्रदेश समिति र जिल्ला पार्टी पदाधिकारीको संयुक्त बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो।

बैठकले यसअघि चितवन क्षेत्र नम्बर २ बाट कारबाहीमा परेका नेता-कार्यकर्ताको कारबाही फुकुवाको निर्णय गर्दै अनुमोदनका लागि केन्द्रमा पठाएको छ।

सुशील कोइराला उम्मेदवार बन्दा बागी उठेका कांग्रेस पूर्व जिल्ला सभापति विकास कोइराला, भरतपुर मेयरमा बागीलाई साथ दिने महासमिति सदस्य मिना खरेल, बागी उम्मेदवार बनेका पूर्व सांसद जगन्नाथ पौडेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्व सचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जितबहादुर थापा लगायतको कारबाही फिर्ता लिन सिफारिस भएको हो।

गत मंसिर ४ गते भएको निर्वाचनमा विजयी भएका रवि लामिछानेको पद सर्वोच्च अदालतको आदेशबाट खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: Mar 20, 2023| 13:31 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...