बिहीबार, जेठ २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पत्रकारप्रतिको टिप्पणीबारे सभामुखले आत्मआलोचना गर्नुपर्छ : महामन्त्री शर्मा

पत्रकारप्रतिको टिप्पणीबारे सभामुखले आत्मआलोचना गर्नुपर्छ : महामन्त्री शर्मा

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताए। 

सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको गम्भीर ‘नोटिस’मा रहेको उनले बताए। राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै उनले त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए। 

‘राष्ट्रको चौथो अंग भनेको अहिलेको लोकतान्त्रिक रुपान्तरण दलहरुले गराइदिएर अनि त्यसको अधिकार भोगिरहेको मात्रै होइन, यो लोकतान्त्रिक रुपान्तरण गर्नका लागि आफैँ संलग्न भएको चौथो अंग हो। त्यसकारण कुनै व्यक्तिको बारेमा कहिँ कतै टिप्पणी छ भने पनि त्यसलाई अलग रुपमा राख्ने एउटा विषय हो,’ उनले भने, ‘तर, समग्रतामा पत्रकारहरुको बारेमा, चौथो अंगको बारेमा जे टिप्पणी आएको छ, त्यो अत्यन्त आलोच्य छ। हाम्रो लागि आलोच्य छ, उहाँको लागि आत्मआलोचना गर्नुपर्छ।’ 

प्रकाशित: Mar 19, 2023| 21:18 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...