शनिबार, वैशाख २०, २०८२

'नांगो गाउँ' का लागि दुई साताको वर्कशप

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको फिल्म ‘नांगो गाउँ’ को १५ दिने वर्कशप सम्पन्न भएको छ।

फिल्मको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम तथा कस्ट्युम टिमसँग अलग–अलग रुपमा वर्कशप गरिएको निर्देशक लामाले जानकारी दिए।

अन्तिममा भने कलाकारको टिमसँग वर्कशप गरिएको थियो। कलाकारहरुको वर्कशपमा अभिनेता दयाहाङ राई, कर्मा, अभिनेत्री मिरुना मगरको साथमा कलाकारहरु शिशिर वाङ्देल, बुद्धि  तामाङ, अंकित खड्का र रवीन्द्र झा सहभागी थिए। कलाकारहरुलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य–तथ्य संरचनाका विषयमा प्रकाश पारिएको थियो। निर्देशक टिम र कलाकारबीचको अन्तरक्रियालाई रचनात्मक र प्रगतिशिल बनाइएको निर्माण पक्षले बताएको छ।

कुनै पनि पात्रले कुन संवाद किन बोल्दैछ, कुन पहिरन किन पहिरिँदैछ, कथालाई अगाडि बढाउन उसको भूमिका के हो लगायतका विषयमा विश्लेषण गरिएको निर्देशक लामाले बताए। यो फिल्मको छायांकन चैत १० गतेदेखि काभ्रेमा प्रारम्भ गर्ने योजनामा यसको निर्माण पक्षको छ। 

प्रकाशित: Mar 19, 2023| 18:28 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्