बिहीबार, जेठ २, २०८२

स्ववियु चुनाव : ६० प्रतिशतमात्र खस्यो मत

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले आज ६० प्रतिशत विद्यार्थीले स्ववियु चुनावमा मतदान गरेको बताएका छन्।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

आइतबार देशभर स्ववियु निर्वाचन भएको छ। छिटफुटबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन भएको त्रिविले जनाएको छ। 

चुनावमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन्। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले आज ६० प्रतिशत विद्यार्थीले स्ववियु चुनावमा मतदान गरेको बताएका छन्।

आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय दिइएको थियो। त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्ववियु चुनाव भएको हो। काठमाडौं उपत्यकाभित्रका ७ क्याम्पसमा भने आज चुनाव हुन सकेन। त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल), प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा स्ववियु चुनाव नभएको हो।

काठमाडौं उपत्यका बाहिर पनि केही क्याम्पसमा विवाद हुँदा स्ववियु चुनाव स्थगित भएको छ। रोकिएका क्याम्पसहरूमा आपसी समझदारीमा चुनाव मिति तोकेर पछि चुनाव हुनेछ।

प्रकाशित: Mar 19, 2023| 18:15 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...