काठमाडौं- नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिंदै छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गरेका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ।
निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन हिजो आइतबार बुझाएको थियो।