बिहीबार, जेठ २, २०८२

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।

लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ। 

‘पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ। विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ’, नेता महतोले भने।

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ। यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो। लोसपाकोतर्फबाट प्रतिनिधिसभामा चार सांसद छन्।
 

प्रकाशित: Mar 19, 2023| 16:15 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...