बिहीबार, जेठ २, २०८२

सभामुखले थर्काएपछि कड्किए प्रेम सुवाल- यो संसद् हो कि क्लब ?

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रतिनिधिसभा बैठकलाई ‘संसद् हो कि क्लब’ भनी प्रश्न गरेका छन्।

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’को विरोधको सूचना फिर्ता लिने कि नलिने भन्ने चरणको छलफलका क्रममा उनले यस्तो प्रश्न गरेका हुन्।

सभामुख देवराज घिमिरेले आफ्नो विरोधको सूचना फिर्ता लिने कि नलिने भनी निर्णय सुनाउन सांसद सुवाललाई समय दिएका थिए। तर, त्यसक्रममा सुवालले किसानले मल नपाएको, एक महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार भएको विषय उठाए। त्यसपछि सभामुख घिमिरेले सांसद सुवाललाई थर्काउने शैलीमा भने- माननीय सदस्य, यो फिर्ता लिने कि नलिने?'

त्यसपछि सांसद सुवाल कड्किए। ‘जनताको प्रतिनिधि हो म। जनताको कुरा सुनिँदैन भने संसद्‍बाट प्रधानमन्त्री चुन्नुको अर्थ हुँदैन। किसानले मल पाइराखेका छैनन्। बोलिरहँदा सभामुखले क्रस गर्न पाइँदैन। के हो यो ? संसद् हो कि क्लब हो। क्लब भए क्लबको सामान ल्याउनुपर्‍यो, गीत गाउनुपर्‍यो, नाच्ने-गाउने आउनुपर्‍यो। होइन भने संसद्को नियम पालना हुनुपर्‍यो।’

प्रकाशित: Mar 19, 2023| 14:29 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...