बिहीबार, जेठ २, २०८२

स्ववियु निर्वाचनमा सत्ताको दुरुपयोग भयोः योगेश भट्टराई

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्याम्पसमा एमालेको भ्रातृ संस्था अनेरास्ववियूका कार्यकर्तामाथि आक्रमण भएको बताएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले  आज भइरहेको स्ववियु निर्वाचनका क्रममा अनेरास्ववियुका कार्यकर्तामाथि आक्रमण भएको बताएका हुन्।

उनले भने, ‘पाथीभरा क्याम्पसमा अनेरास्ववियुमाथि आक्रमण भएको छ। त्यहाँको निर्वाचनमा धाँधली भएको छ। क्याम्पस गेटमा कुटपिट भएको छ अनेरास्ववियुका कार्यकर्तामाथि। फर्जी परिचयपत्र बनाएर मतदान भएको छ। बजार तनावग्रस्त भएको छ। सत्ता पक्षले शक्तिको दुरुपयोग गरेर स्ववियु निर्वाचनलाई प्रभावित पारेको छ।’

भट्टराई ताप्लेजुङका जनप्रतिनिधि हुन्।
 

प्रकाशित: Mar 19, 2023| 13:17 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...