बिहीबार, जेठ २, २०८२

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्विप

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने भएको छ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत दिन ह्विप लगाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

आज नै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको छ। प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत माग्ने तय भएको छ।

कांग्रेसले सरकारमा मन्त्री पठाउन मापदण्ड पनि तय गरेको छ। योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर सरकारमा मन्त्री पठाउने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। 

प्रकाशित: Mar 19, 2023| 12:52 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...