बिहीबार, जेठ २, २०८२

कांग्रेस अब सत्ता पक्षको बेन्चमा बस्ने

२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस प्रतिपक्षमा बसेपछि प्रतिपक्षी दल कुन भन्ने विवाद भएको थियो।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय नेपाली कांग्रेसले गरेको छ। साथै उसले संसद्‍मा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ।

यो निर्णयँगै प्रमुख प्रतिपक्षी दलको विवाद पनि सकिएको छ। २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस प्रतिपक्षमा बसेपछि प्रतिपक्षी दल कुन भन्ने विवाद भएको थियो। क‌ांग्रेस र एमाले दुवैले प्रमुख प्रतिपक्षीको दाबी गरेपछि संसद् सचिवालयलाई सिट व्यवस्थापनमा समस्या भएको थियो।

१० पुसमा प्रधानमन्त्री चयन गर्न बनेको एमाले-माओवादी समीकरण राष्ट्रपति निर्वाचनमा आएर भत्किएसँगै कांग्रेस सत्ता पक्ष बनेको छ भने एमाले प्रतिपक्षी बेन्चमा पुगेको छ। 

सरकारमा सहभागी नभएसम्म प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेसको अडान थियो। एमाले र कांग्रेस दुवैले प्रतिपक्षीमा बस्ने भनेपछि १८ दिनसम्म संसद् बैठक स्थागित गरिएको थियो। १७ फागुनमा बोलाइएको संसद बैठक अन्तिम समयमा स्थगित भएको थियो। 

आज कांग्रेसले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेको छ। ‘आजको संसद् बैठकमा सत्ता पक्षको बेन्चमा बस्ने स्वयं सिद्ध भयो,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने। एमालेले प्रतिपक्षी बेन्चमा बस्ने औपचारिक पत्र संसद् सचिवालयलाई दिइसकेको छ। संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
 

Metro Mart
worldlink

प्रकाशित: Mar 19, 2023| 12:16 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...